हाम्रो मौलिक सँस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नुपर्छ ; उपकुलपति डा. जगमान गुरुङ

पोखरा : नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं सँस्कृतिविद् प्रा.डा. जगमान गुरुङले हाम्रो मौलिक सँस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
बिहिवार सेवाका लागि युवा,नेपाल द्वारा पोखरामा आयोजित “राष्ट्र र राष्ट्रियता प्रवर्द्धनमा युवाको भूमिका” शीर्षकमा प्रशिक्षण एवम् अन्तरक्रिया र संस्थाद्वारा तयार गरिएको “बाल संस्कार” नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
गुरुङले संस्थाले देखिनै व्यक्तिको चरीत्र निर्माण र कार्यमा गर्दै आएका कार्यक्रम बताउदै आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु गर्नका समाजमा अझै आबश्यक रहेको जनाएको थियो  ।
उनले भने : “योग ब्रह्मचर्यको मूल आधार हो । चित्तवृत्तिको निरोध र ब्रह्मचर्यद्वारा प्रकृतिलाई वशमा राखेर ब्रह्म साक्षात्कार गर्न सकिन्छ । आबाल ब्रह्मचारी षडानन्द अधिकारी एक आध्यात्मिक साधक हुनुहन्थ्यो । तरति पापादिकं यस्मात् स: तीर्थ: भनेर तीर्थ शब्दको व्युत्पति गरिएको छ ।”

त्यसकारण जसले मानिसलाई जन्म जन्मान्तरको पापबाट पार गराउँदछ, त्यो तीर्थ हो। भौमतीर्थ, जङ्गमतीर्थ र मानसतीर्थ गरी तीन प्रकारका तीर्थ छन् । अवतार पुरुषहरूको जन्मभूमि एवम् लीलाभूमि, पवित्र नदी, जलाशय र पर्वतहरू भौमतीर्थ हुन् ।

सात्त्विक सिद्ध साधक र ऋषि तथा सन्तहरू जङ्गमतीर्थ हुन् । जङ्गमतीर्थ स्वरूप साधु सन्तहरूसंगको सत्सङ्ग, उहाँहरूको आशिर्वचन र भौमतीर्थहरूको तीर्थाटनबाट मनलाई परिशुद्ध गर्नु मानसतीर्थ हो ।

यस अर्थले इन्द्रियहरूको विषय भोग गर्ने आसक्तिलाई त्यागेर आत्म चिन्तन गरी ब्रह्मज्ञान प्राप्त गर्नुभएका आबाल ब्रह्मचारी षडानन्द अधिकारी जङ्गमतीर्थ हुनुहुन्छ । यसैगरी उहाँको जन्मभूमि भोजपुरको दिङ्ला र उहाँले साधना गरेका लीलाभूमिहरू पवित्र भौमतीर्थ हुन् ।

संस्थाका अध्यक्ष छेवाङ्ग कर्मा तामाङको अध्यक्षता भएको कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सुर्य खड्का, केदारेश्वर महादेव मणि आश्रम समिति एवम् केदारेश्वर वैदिक आश्रमका पिठाधिश डा. चिद्घन चैतन्य (लेखनाथ आचार्य), जिल्ला प्रशासन कार्यालयका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाही लगायत बिद्यार्थी तथा युवाहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?