
बुटबल बहुमुखी क्याम्पसको खुला चौरमा २०४८ साल असोज १६ गते काँग्रेस सभापति कृष्णप्रसाद भट्टराईले उद्घाटन गर्नुभएको नेविसंघको छैठौ महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भएपछि राष्ट्रिय राजनीतिमा उदाउनुभएको हो काँग्रेस नेता गोविन्द भट्टराई । यसअघि शकरदेव क्याम्पसमा स्ववियु सभापति भएपछि उहाँलाई राजनीतिमा फड्को मार्न सहयोग पुगेको थियोे । यसपछि उहाँ विद्यार्थी राजनीतिको अगुवाईपूर्ण भूमिकामा नै पुग्नुभयो । एकताका किसुनजी र गिरिजाबाबु मात्रै होइन समकालीन नेताहरु सबैको रोजाईमा नेता भट्टराई पर्नुहुन्थ्यो ।
२०५३ सालमा विराटनगरमा भएको नेविसंघको सातौ महाधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । नेताहरु विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर उहाँको समूहमा हुनुहुन्थ्यो । २०५६ सालमा नेविसंघको तदर्थ समिति गठन हुँदा भट्टराई नै अध्यक्ष हुनुभयो । एक ताका नेविसंघभित्र सहमति खोज्ने मुख्य पात्र नै हुनुभएको थियो भट्टराई । किसुनजी र गिरिजाबाबु मात्रै होइन विद्यार्थी नेताहरु पनि भट्टराईले नेविसंघको नेतृत्व गर्ने भनेपछि सबैले स्वीकार गर्ने परिस्थिति निर्माण भएको थियो । तरुण दलमा समेत उहाँ महामन्त्री भइसक्नुभएको छ ।
२०४९ सालमा बिश्वबिद्यालय क्याम्पस कीर्तिपुरमा स्ववियु सचिव तथा २०७४ मा तनहुँ प्रदेश क बाट प्रदेश सभाको निर्वाचनमा भने उहाँ विजय हुन सक्नु भएन ।
उहाँ कांग्रेसको ११ औ महाधिवेशनका लागि तनहुँबाट केन्द्रीय प्रतिनिधिमा निर्वाचित हुनु भएको थियोे । तेहौ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । काँग्रेसको केन्द्रीय कार्यसमितिमा दुई कार्यकाल सदस्य भइसक्नुभएका नेता भट्टराई आगामी २०८० साल वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ । जिल्लामा टिकट नपाएका धेरै नेताहरुको व्यवस्थापन गर्नुपर्ने र सबैलाई समेट्नुपर्ने जिम्मेवारी उहाँको काँधमा आएको छ । उहाँ त्रिभुवन बिश्वबिद्यालयबाट बिद्यावारिधि समेत गदै हुनुहुन्छ ।
राजनीतिमा निष्ठा, त्याग, समर्पण र धैर्यता चाहिन्छ भन्ने सन्देश भट्टराईको राजनीतिक जीवनबाट लिन सकिन्छ । पार्टीभित्र विगतमा उचित स्थान नपाए पनि भट्टराईले धैयता गुमाउनु भएन । अब गरिमामय जिम्मेवारी सम्हाल्ने अवसर नजिकै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?