मानिसहरु दशैं भन्नेबित्तिकै नयाँ नोट सम्झन्छौं र दशैं आए पछि नयाँ नोटको व्यवस्थापनमा लाग्न थालिहाल्छन् ।बैंकमा आउने हरेक व्यक्तिले एक पटक अवश्य सोध्ने प्रश्न नै ‘नयाँ नोट आएको छैन, कहिले देखि बाँड्ने हो ? ’राष्ट्र बैंकले पनि दशैंका लागि भन्दै पाँच, दश, बीस, पचास र सय रुपैयाँ दरका नयाँ नोट सटहीमा सुविधा प्रदान गरेको छ ।
दशैं र नयाँ नोटको एक आपससँग खासै सम्बन्ध छैन । अहिले दसैं धार्मिकभन्दा पनि सामाजिक पर्वको रुपमा विकास भईरहेको छ। यसभित्र धार्मिक मूल्य र मान्यता जोडिएको तर पनि यसमा सामाजिक पाटोको महत्व बढी मानिरहेको छ । त्यसैले यो पर्वमा मासु खाने, जुवा तास खेल्ने, मदिरा सेवन गर्ने जस्ता कार्यहरुको लागि विशेष हुँदै गएको छ तेसैमा नयाँ नोटको प्रयोग भईरहेको छ ।तेस्को लागि राज्यले करोडौं रुपैयाँ खर्च बेहोरेको तथ्यांक रहेको छ । एकातर्फ छपाईमै धेरै खर्च हुन्छ भने दशैंमा वितरण गरिएका धेरै नोटहरु अन्य समय भन्दा अगाडि नै विग्रने तथा नष्ट हुने कारणले पनि राज्यकोषको ठूलो रकम नयाँ नोटमा खर्च हुने गरेको छ । अझ दक्षिणाको रुपमा दिँदा त अबिर टिका दलेर दिने प्रचलन छ । नोटमा अबिर तथा टिका थप्नले नोटको आयु घट्ने हुन्छ । नेपाल राष्ट्र बैङ्कले पाँच, दश, बीस, पचास र सय रुपैयाँ दरको १५ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट बजारमा बितरण गर्न छुट्याउने गरेको तथ्यांकमा उल्लेख छ ।
के तपाईलाई थाहा छ नेपाली नोटको आयु कति ?
अन्तर्राष्ट्रिय मापदण्डअनुसार सामान्यतया कागजी नोटको आयुचार वर्षको हुन्छ। प्रायजसो नेपालीहरुले नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना छैन त्यसैले कम समयमै नोट काम नलाग्ने अवस्थामा पुग्छन्। नेपाली नोटको आयु अन्य देशको तुलनामा कम हुने मुख्य कारण नै चेतनाको कमि हो। राष्ट्र बैंकको आधार मान्ने हो भने बैंकले निष्काशन गर्ने पाँच, दश, बीस, पचास र सय रुपैयाँ दरका नोटको आयु करिब २ वर्ष सम्म हो । त्यस्तै ५ सय र १ हजारका नोटको आयु साढे तीन वर्ष हुने गरेको छ ।नोटलाई नोक्सान हुनबाट जोगाउन मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा २६३ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा लेख्न नहुने व्यवस्था राज्यले गरेको छ । नोटमा कोर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना लाग्ने कानुनी व्यवस्था समेत रहेको।
नोटको सुरक्षाको बारेमा जान्नुपर्ने
नेपाल रास्ट्र बैंकले बेला बखत सूचना जारी गरिराखेको हुन्छ। नोट हाम्रो सम्पति हो,नोट हाम्रो सभ्यता हो नोटलाई जतनसाथ प्रयोग गर्नु हाम्रो कर्तब्य पनि हो ।हामीले यसलाई जतन गर्ने हो भने मनिब्यगको प्रयोग गर्नुपर्छ ,नोटमा केरमेट नगर्ने,कारोबार भुक्तानी लिदाँ वा दिदाँ सकेसम्म विधुतीय मध्यम कार्ड वा वालेटको पर्योग गर्दा सजिलो र समयको समेत बचत हुने गर्दछ । धार्मिक वा सामाजिक कार्य गर्दा रङ वा अबिर ,पानी र दुधको प्रयोग सगै प्रयोग गर्दा नोट फोहोर वा च्यातिने डर हुन्छ । तेस्तै नोटको सुरक्षा राख्न नोटमा टाँचा वा स्टिच लगाउदा च्यातिने सम्भावना धेरै हुने हुँदा यो कार्य साकेसम नगर्दा राम्रो हुन्छ यसले नोटको आयु घट्ने हुदा सुरक्षा र जतनसाथ प्रयोग गर्ने बानी बसालौं सभ्य नागरिकको पहिचान बनौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?