नेपालमा गाँजा खेतीलाई प्रतिबन्ध ठिक कि बेठिक ?

कुनै समय नेपालमा गाँजाको बजार दक्षिण एसियाकै उत्कृष्ट मानिथ्यो। नेपालको अर्थतन्त्रमा विशेष महत्व राख्ने गाँजा खेतीमा समय क्रमसँगै प्रतिबन्ध लाग्यो। तर, पछिल्लो समय यसलाई पुनः खुला गर्नुपर्ने आवाज संसादमा  उठिरहेका छन्। बहस यिनैमा मात्रै सिमित रहेन  नेपालकै ठुलो र चर्चित 4k टेलिभिजन बाट प्रसारण हुने लाल मोहर कार्यक्रम मार्फत पनि गाँजा बहसले पुन: यस पटक पनि  स्थान पाएको छ।

समृद्धिको लक्ष्य बोकेर हिँडिरहेको सरकारलाई गाँजाको व्यावसायिक खेतीले ठूलो सघाउ पुग्ने आवाज सांसद खतिवडाले उठाउदै गर्दा अर्का नेकपा एमालेका नेता तथा सांसदले तेही आवाज  उठाउँदै आएको  छ ।उनले भने, “अर्थोपार्जनको लागि सहयोगी हुने नगदेबालीको रूपमा विकास हुन सक्दा उब्जाउ हुने विकट भेगमा चरम गरिबीमा रहेका मानिसहरुको जिवानयापनमा टेवा पुग्ने , चेपाङजस्ता समुदायलाई उकास्न सघाउनेछ।

के छ नेपालको कानुनमा ?

संयुक्त राष्ट्रसङ्घले सन् १९६१ मा ‘द सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग्स १९६१’ पारित गरेको थियो । त्यसमा गाँजालाई पनि अफिमजस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान छ।नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बन्यो ।र गाँजाको खेती, भण्डारण, सेवन र बिक्रीवितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो।आज सम्म यसको तथ्यांकअनुसार विश्वको चार प्रतिसत मानिसले गाँजाको प्रयोग गर्ने गर्छन । यो करिब दुई सय मिलियनको हाराहारीमा हुन आउछ ।

पुर्ब प्रहरी नायब महानिरीक्षक रमेश खरेलले  गाँजा पूर्णरूपमा खुला गर्नुपर्ने तर्कसँग सहमत नहुने बताए । उनले सकारात्मक भन्दा  यसका नकारात्मक प्रभाव पार्न सक्ने बताउँछन्। उनले नेपालले गाँजालाई कानुनी बनाइहाले पनि त्यसले सांसदहरूले भनेजस्तो गरिब जनताले खेती गर्न पाउने र आर्थिक समृद्धि आउने कुरा सत्य नहुने बताउँछन्।

गाँजाबाट के- के  लाभ होला?                         मनोचिकित्सक  सगुनमल्लब पन्त भन्छन अहिले विश्वमा धेरै खोजिनेमध्येको एक निद्रासम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग गर्दछ, गाँजाले मृगी रोग,एच.आई.भि एड्स लगाएतका धेरै रोगहरुको लागि गाँजा फाईदा जनक नै छ तर यसलाई फाईदाको रुपमा मात्रै एकोहोरो हेर्न नहुने उनि बताउँछन्। यसले गर्ने बेफाइदाको बारेमा पनि सचेतना गर्नु जरुरि ठान्छन् ।यसले स्वाथ्यमा पर्ने असर समाजमा पर्ने असर व्यक्तिमा पर्ने असर  उनि गाँजाको  फाईदा र बेफाइदाको राम्रो संग बहस र छलफल गर्नु जरुरि रहेको बताउँछन् साथै क्रिमिनलइच्द र रेगुलेट गर्नु पर्ने सुझाब दिन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?