भनिन्छ बालबालिका भबिस्य अनि देशका कर्णधार हुन् । आजका कोपिला भोलिका फूल बन्ने तिनै बालबालिकाले साँच्चै अधिकार पाइरहेका छन् ? ती बालबालिका कत्तिको सुरक्षित छन् त? के हाम्रा बालबालिका आधारभूत हकअधिकारको पाएका छन् ? नेपालमा बालबालिका हराउने क्रम डरलाग्दो छ । वर्षेनी २ हजारभन्दा बढी बालबालिका हराउँछन् । हराएका धेरै फेला नै पर्दैनन् । हराउनेमा बालक भन्दा बालिका धेरै छन् ।
नेपालमा वि. स. २०६३ सालदेखि हरेक वर्षको भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आइरहेका छौँ । तर उपलब्धि भने शून्य छ । बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांक अनुसार देशभरबाट ०६३ देखि हालसम्म बालिकमात्रै १३ हजार ८०८ भन्दा बढि बेपत्ता छन् ।
बालबालिका हराएमा कसरि सम्पर्क गर्ने ?
नेपालमा बालबालिका हराएमा, वेवारिस अवस्थामा फेला परेमा ,बेपत्ता हुने,अपहरणमा पर्ने, दुर्व्यवहारमा परेमा वा कुनै प्रकारको जोखिममा परेमा बालबालिका खोजतलास समन्वय केन्द्रको निःशुल्क फोन नम्बर १०४ मा सूचना वा जानकारी गर्न सक्नेछ।
बालअधिकारका क्षेत्रमा जोखिम न्यूनिकरण, रोकथाम, नियन्त्रण, तथा निषेध गर्न सम्बन्धित तीनै तहका सरकारी निकाय तथा सामाजिक संघ संस्थाहरु बिचको सहाकार्य र सहयोगमा बालबालिकाको खोजतलास तथा उद्दार, संरक्षण ,पारिवारिक पुनर्मिलन जस्ता कार्यको लागि बालबालिका ऐन नै बनेको छ ।
बालबालिका सम्बधि ऐन २०७५ दफाको उपदफा (१) को अधिकार प्रयोग गरि नेपाल सरकार माहिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बालबालिका खोजतलास नम्बर १०४ संचालन निर्देशिका २०७६ स्वीकृत गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?