यूट्युब पत्रकारिताको सम्भावना र आलोचना

यूट्युब पत्रकारिताको सम्भावना

यूट्युब च्यानलहरु अचेल व्यापक छन्। समाज वा  कुनै व्यक्तिका कुरा,कुनै संचार मध्यमहरु रेडियो,पत्रपत्रिका, टेलिभिजनले समेट्न सकेन भने पनि यूट्युब च्यानल सजिलो माध्यम बनेको छ । यसको दयारा पनि फराकिलो बन्दै गएको देख्न सकिन्छ भने यूट्युब च्यानलहरुले राम्रो कभरेज गरेको पाईन्छ । सामाजिक कार्य, सामाजिक बहस र अन्तरक्रिया कार्यक्राम गर्छ भने पनि यो प्लेटफर्म सजिलो छ ।

प्रविधिको प्रसस्त विकास र सुविधासंगै मानिसहरुले राम्रो आम्दानीको स्रोतको रुपमा लिईसकेको छन् ।धेरैले त यसलाई अहिले पेशाकै रुपमा अंगालेका  छन् ।सामान्य व्यक्ति देखि नाम चलेका सेलिब्रेटीहरु मिडियामा आउन हिच्किचाउदैनन् फलस्वरुप यूट्युब पत्रकारहरुलाई राम्रै कन्टेन्ट पाईरहेका हुन्छन  ।आजकल यूट्युब पत्रकारहरुको दैनिक नै बनेका  छन् ।

सामान्यतः विश्वभर जुनसुकै पेशामा वैकल्पिक प्रयास रुचीपूर्ण र उर्जाशील हुन्छ । जस्तो कि, पत्रकारितामा मूलधारका मिडियाले उठाउन नसकेका वा नचाहेका विषय यस्ता च्यानलले कभरेज गरेर गम्भीर प्रश्न खडा गरिदिन सक्छन् । यस्ता उदाहरणहरु प्रशस्त भेटिन्छन् ।

यूट्युब पत्रकारिताको आलोचना

नेपालको सन्दर्भमा त वैकल्पिक उपायहरु यति बरालियो कि, यसको कुनै आकार र संस्कार छैन । युवाहरुलाई बहस र अन्तरक्रियामा सक्रिय बनाउनुपर्ने थियो । मूलधारका मिडिया र सत्ताले स्थापित गरेका मानक र मान्यता भत्काउन अहिले स्वर्णिम समय हो । प्रविधिको प्रसस्त सुविधा हुँदाहुँदै युवाहरु अनावश्यक बहस गरेर समय सिद्ध्याउँदै छन् । संचार क्षेत्र नै बदनाम गर्दै भन्ने यूट्युब पत्रकारिता भनेर हेडलाइन बनिरहेको पत्रपरिका तथा अनालाईन संचार मध्यममा हेर्न र पढ्न पाईन्छ ।

नेपाल पत्रकार महासंघले देशभरी बीनादर्ता अनलाईन र युट्युब चलाउनेलाई सचेत गराएको छ । र देशको मुलधारका पत्रकारहरूलाई राजनीतिक लाईनभन्दा बाहिर निस्किएर व्यवसायीक पत्रकारिता गर्न समेत मार्ग निर्देशन दिएको छ ।कति यूट्युब पत्रकारहरुले अरुको वास्तविकता नबुझिकन वा भनम बुझेर पनि डलर पैसाको लागि समाज तथा कसैको व्यक्तिगत जीवन संग खेलवाड गरि व्यक्तिगत चरित्र हत्या गरिएका अहिले प्रशस्त मात्रामा छन् ।अहिले यूट्युब  खोलेर हेर्ने हो भने पारिवारिक झगड देखि धार्मिक परम्पर भत्काउने खालको प्रश्नको साथ-साथै  क्रियाकलाप बढिरहेको छ ।  पैसाको लागि त्यो तह सम्म पुग्नु कत्तिको उपयुक्त होला सबैलाई प्रश्न चिन्ह खाडा गरेको छ । अझ भनौ  यस्तो बरालिएको संस्कारले न त चिन्तनको दयरा फराकिलो हुन्छ,न त आलोचनात्मक चेतको विकास ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?