नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिमा पार्टी प्रणाली जोगाउन शिक्षकलाई खुल्ला गर्नु पर्ने दाबी गरेका छन्।
अध्यक्ष दाहालले शिक्षकलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका हुन । उनले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका छन्।
नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकले नै गरेको भन्दै उनले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको जिकिर समेत गरे।
हुन् त नेपालमा जति पनि पार्टी छन्। सबै शिक्षककै योगदानका कारण ती पार्टीहरु छन्। सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचारहरुलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरुलाई जनताको विचमा लैजाने शिक्षकहरु नै हुन्।
कतिपयले व्यक्तिले शिक्षकले विद्यालय भन्दा बहिरा को समयमा राजनीति गर्न पाउनु पर्छ भन्ने बहस पनि नगरेका भने होइनन ।
तर अर्का थरि मानिसहरुले शिक्षक भनेपछि समाजमा सबैभन्दा बौद्धिक जमात मानिन्छ। शिक्षकको मुख्य जिम्मेवारी पठनपाठन हो । तर सामुदायिक विद्यालयका लगभग सबै शिक्षक जिम्मेवारी भन्दा राजनीतिमै बढी संलग्न छन् । पार्टीपिच्छे खुलेका संघ संगठनमा आफ्नो आवद्धता देखाउन उनीहरु कुनै संकोच मान्दैनन् । अझ, कानुनविपरीत दलको कार्यकारी तहमै बसेर राजनीति नै गरिरहेका छन् । भावी नागरिक उत्पादन गर्ने शिक्षकहरु नै यसरी राजनितिमा संलग्न भएकाले सार्वजनिक शिक्षा तहस नहस हुन पुगेको बताउछन ।
निर्वाचन अयोगले समेत सर्बजनिक पद बहाल शिक्षक र कर्मचारीले राजनिती दलको जिम्मेवारी पद लिन नपाउने जनाएको छ। अयोगले आज मंसिर ७ गते प्रेस बिज्ञापशि निकल्दै सर्बजनिक पद बहालमा रहेका शिक्षक र कर्मचारीहरुले राजनिती दलको जिम्मेवारी पद लिन नपाउने त्यसरी जिम्मेवारी दिईएको पाईएमा जिम्मेवारीबाट हटाइने समेत निर्देशन दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?