
दमौली : तनहुँको व्यास नगरपालिकाले पहिलो पटक व्यास १३ स्थित बेलावासमा सार्वजिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । व्यास नगरपालिका भएर वग्ने सेतीमादी नदीको भिबिन्न ११ स्थानबाट डुङगा , गिट्टी वालुवा तथा रोडाको दिगो संकलन उत्खनन् कार्यको प्राम्भिक वातावरण परिक्षण अध्ययन प्रस्तावितको लागि उक्त कार्यक्रम आयोजन गरेको हो ।
प्राम्भिक वातावरण परिक्षण अध्ययन प्रस्तावितको सेती मादी नदीको निउरोघरी देखि खहरे ढाडखोला सम्मको विभिन्न ११ स्थानबाट जम्मा ५०८४७.५० घनमिटर बर्सिक रुपमा निकाल्न सकिन्छा भने दैनिक रुपमा १८८.३२ घनामिटर निकाल्न सकिन्छ।बाताबरण एन २०७६ र बाताबरण संरक्षण नियमवाली २०७७ अनुसार दैनिक ३०० घनमिटर भन्दा बढी संकलन र निर्यात नगर्ने गरि प्राम्भिक वातावरण परिक्षणको लागि आवाहन गरेको छ ।
यस अध्याययनको मुख्य उदेश्य परियोजनाको पहिचान,मुल्यांकन, सम्भावित बाताबरणमा पर्ने असरको अनुगमन र त्यसलाई न्यूनीकरण गर्दै जाने रहेको छ ।यसका लागि पूर्व प्रकासित सामग्री हरुको समिक्षा,स्थलगत अध्ययन,स्थानीय समुदाय संग छलफल,विभिन्न सरोकर्वालाहरुसंग अन्तरक्रिया सुनुवाई रहेकको उल्लेख गरेको छ ।
उक्त कार्यक्रममा व्यास १३ का वडा अध्यक्ष बसन्त आले,व्यास १४ का वडा सदस्य होमलाल थापा व्यास नगरपालिकाको तर्फबाट बिमल गिरि समाजसेवी यम बहादुर आले, टोल विकास सस्थाका स्थानीय युवाहरु, आमासमुह लगाएतका व्यास १३ र १४ का स्थानीयको सहभागिता रहेको थियो ।
प्रस्तावित क्षेत्रबाट नगरपालिकाले उक्त काम ठेकेदार कम्पनि मार्फत नदीबाट उत्खनन् संकलन हुन्छ। पालिकाको मुख्य आर्थिक स्रोतको रुपमा रहेको हुदा त्यसले वातावारणमा पर्ने असरको बारेमा पनि छलफल गरेको थियो । व्यास १३ र १४ भित्र पर्ने भएकोले त्यस क्षेत्र अति प्रभावित रहेको छ ।यसको बारेमा छलफल तथा अन्तक्रिया भएको थियो ।उक्त छलफल तथा अन्तक्रिया व्यास १३ का वडा अध्यक्ष आलेले नदि उत्खनन् र संकलन संझौता अनुरुप नभएकोले सम्बन्धित बिषयमा नगरपालिका र प्रशासनले गम्भीर ध्यान दिनुपर्ने बताए ।तेस्तै समाजसेवी यम बहादुर आलेले व्योयास १३ र १४ को लागि सार्बजनिक सुनुवाई पहिलो पल्ट भएको बताए । उनले यो भन्दा अगडी एस्तो कार्यक्रम हुनुपर्ने जिकिर समेत गरे नदि उत्खनन् संकलन बिषयमा सबैले बुझ्नुपर्ने र सम्झौता अनुरुप काम भएनभएको जानकारी लिनुपर्नेमा जोड दिए ।व्यास १४ का वडा सदस्य होमलाल थापाले नदि उत्खनन संकलनमा ठेकेदारले कम्पनीले सम्झौता अनुरुप काम नगर्ने बताए । ठेकेदारले तोकिएको मापदण्ड भन्दा बढी उत्खनन गर्ने गरेको र उत्खनन् पश्चात संकलन डिपो नजिक रकेको हुदा तोकिएको भन्दा बढी उत्खनन् हुने बताए ।व्यास १३ का पूर्व सदस्य लक्ष्मी कान्त मिश्रले सम्बधित निकाय गम्भीर नदेखिएको जिकिर गरे । सम्झौता अनुरुप काम गरे आफ्नो व्यक्तिगत रुपमा प्रक्रिया अघि बढाउन कुनै समस्या नरहेको बताए ।
उक्त कार्यक्रममा स्थानीयले आफुहरुसंग गरेको सम्झौता अनुसार काम नभएको आरोप लगाएका छन् । स्थानीयका अनुसार यस क्षेत्रमा नदिवाट उत्खनन् संकलन पश्चात डुङगा , गिट्टी वालुवा तथा रोडाको ओसारपोसार गर्ने मुख्य मार्ग रहेकोले दैनिक सयाैँ हेवी गाडी कुड़ने भएकाले निकै सास्ती भोग्नुपरेको गुनासो रहेको थियो ।जसले गर्दा वातावरण प्रदुषणमा प्रत्यक्ष असर परेको उनीहरुको भनाइ रहेको थिए । बिद्यालय नजिक रकेको हुदा बालबालिकको पढाईमा समेत असर परेको बताउछन् ।गाडी दिउसो राति जुनसुकै बेलामा पनि गुड्ने भएकाले राती निद्रा खलल पुगेको बताए । बार्षिक करोडौं रुपैयाँको राजस्व संकलन हुन्छ तर अति प्रभावित क्षेत्रको लागि पालिकाले कति पनि नहेरेको आरोप समेत स्थानीयले लगाएका छन।
नदि उत्खनन संकलन र निर्यात गर्ने हो भने स्थानीयको माग गरे अनुरुप हुनुपर्ने र बिगतको कार्य नै दोर्याउने प्रयास गरेमा उत्खनन् र संकलन गर्न नदिने चेतवानी समेत दिएका छन् । स्थानीयवासीले मुख्य सडक मजबुत बन्नु पर्ने,हेवी गाडीको लागि छुटै सडक निर्माण भएको हुदा तेही सडक भएर गाडी गुड्नु पर्ने,आफ्नो क्षेत्रको बासिन्दालाई घर बनाउनको लागी चाहिने गिट्टी बालुवा रकम तिरेर लिन सकिने, व्यास १३ र १४ का बेरोजगार युवाहरुलाई काम्तिमा १५ प्रतिशत रोजगारीको दिने तोकिएको मापदण्ड भन्दा बढी उत्खनन गर्न नपाउने र नगरपालिका र प्रशासन गम्भीर र कडा व्यवस्था हुनुपर्ने माग राखेका छन्। स्थानीयवासीले आफुहरुको माग अनुरुप नभए उत्खनन् ,संकलन निर्यात गर्न नदिने चेतवानी समेत दिएका हुन् । बिगत सम्झौतामा सबै खाले माग पुरा गर्ने भनेता पनि ठेकेदारले काम पाएसी त्यसलाई बेवस्था गर्दै उल्टै दादागिरी गर्ने आरोप लागेको छ।
नगरपालिकाको तर्फबाट बिमल गिरिले यो सम्बधित बिषयको बारेमा नगरपालिका गम्भीर रहेको र समस्यालाइ दीर्घकालीन समाधानको काम भैरहेको बताए । गिरीले नदि उत्खनन् संकलन र निर्यातको प्रारम्भिक चरण हो यसको लागि नगरपालिकाको बोर्ड वैठकले निर्णय गरेर मात्र अगाडी बढ्ने समेत प्रस्ट परे। सम्बन्धित बिषयमा सबै व्यास १४ वटै वडा अध्यक्ष कार्यपालिका सदस्य लगाएतको बिज्ञाहरुको निर्णयमा नगरको बोर्डले परिता गरि टेन्डर प्रक्रिया अगाडी बढ्ने भएकाले यसको बारेमा छलफल गर्नु पर्नेमा समेत जोड दिएको र यो आवस्यक रहेको भन्दै कार्यक्रम अयोजना गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?