दमौली : तनहुँका स्थानीय तहले आर्थिक वर्ष २७७/७८ मा रु ३२ करोड भन्दा बढी बजेट अनियमित तरिकाले खर्च गरेका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका दश स्थानीय तहको बेरुजु रकम उक्त आर्थिक वर्षमा रु ३२ करोड ४० लाख ९४ हजार रहेको छ ।
दश स्थानीय तहको रु १२ अर्ब ७६ करोड २२ लाख ५० हजारको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विन्दु विष्टले जानकारी दिए । जिल्लाका स्थानीय तहको गत आर्थिक वर्ष भन्दा यो अवधिमा बेरुजु रकम केही घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका स्थानीय तहको बेरुजु रु ३४ करोड ४९ लाख एक हजार रहेको थियो । उक्त आर्थिक वर्षमा रु १२ अर्ब ३० करोड ३३ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो ।
व्यास नगरपालिकामा रु दुई अर्ब ३५ करोड छ लाख ५५ हजारको लेखापरीक्षण गर्दा रु ११ करोड ७२ लाख ४७ हजार बेरुजु देखिएको छ । आँबुखैरेनी गाउँपालिकामा रु ९६ करोड ७७ लाख ६७ हजारको लेखापरीक्षण गर्दा रु दुई करोड तीन लाख ५४ हजार बेरुजु देखिएको छ । बन्दिपुर गाउँपालिकामा रु ६५ करोड ३४ लाख ३५ हजारको लेखापरीक्षण गर्दा रु एक करोड ७५ लाख ४४ हजार बेरुजु देखिएको छ । भानु नगरपालिकामा रु एक अर्ब ६५ करोड ७८ हजारको लेखापरीक्षण गर्दा रु चार करोड ४१ लाख ८७ हजार बेरुजु देखिएको छ ।
शुक्लागण्डकी नगरपालिकामा रु दुई अर्बऔँ करोड ९७ लाख ५९ हजारको लेखापरीक्षण गर्दा रु पाँच करोड ९६ लाख ९३ हजार बेरुजु देखिएको छ । ऋषिङ गाउँपालिकामा रु एक अर्ब १५ करोड ७९ लाख ९४ हजारको लेखापरीक्षण गर्दा रु दुई करोड ५६ लाख ७३ हजार बेरुजु देखिएको छ ।
घिरिङ गाउँपालिकामा रु ६९ करोड १९ लाख ३१ हजारको लेखापरीक्षण गर्दा रु एक करोड आठ लाख ५६ हजार बेरुजु देखिएको छ । देवघाट गाउँपालिकामा रु ८६ करोड ९८ लाख ८० हजारको लेखापरीक्षण गर्दा रु एक करोड ७६ लाख ६७ हजार बेरुजु देखिएको छ ।
म्याग्दे गाउँपालिकामा रु एक अर्ब नौ करोड ९७ लाख ८१ हजारको लेखापरीक्षण गर्दा रु ४५ लाख ५८ हजार बेरुजु देखिएको छ । भिमाद नगरपालिकामा रु एक अर्ब २२ करोड १७ लाख ७० हजारको लेखापरीक्षण गर्दा रु ६३ लाख १५ हजार बेरुजु देखिएको छ ।
व्यास नगरपालिकाले उक्त आर्थिक वर्षमा रु एक अर्ब १६ करोड ६२ लाख छ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ४७ करोड ४९ लाख ४१ हजार, बन्दिपुर गाउँपालिकाले रु ३२ करोड ७१ लाख ७५ हजार, भानु नगरपालिकाले रु ७६ करोड ६९ लाख ३५ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब १५ करोड ६९ लाख ९५ हजार, ऋषिङ गाउँपालिकाले रु ६९ करोड ९७ लाख ३२ हजार, घिरिङ गाउँपालिकाले रु ३४ करोड १५ हजार, देवघाट गाउँपालिकाले रु ४२ करोड ९० लाख ४५ हजार, म्याग्दे गाउँपालिकाले रु ५४ कराड ४२ लाख १२ हजार र भिमाद नगरपालिकाले रु ५९ करोड ८० लाख ७० हजार खर्च गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?