व्यास नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु.१ अरब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट ल्याएकाे छ । बिहीवार व्यास नगरपालिकाको ३५ औं नगर सभामा उप प्रमुख मीरा जोशीले आर्थिक वर्ष २०७८/०७९ का लागि अनुमानित आय–व्ययको विवरणसहित बजेट कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा आर्थिक विकास तर्फ रु.१० करोड ११ लाख ९६ हजार, सामाजिक विकास तर्फ रु.९३ करोड १७ लाख ७५ हजार, पूर्वाधार विकास तर्फ रु.४५ करोड ३८ लाख २५ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ रु.४ करोड ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ रु.२ करोड ५४ लाख ६६ हजार समेत जम्मा रु.१ अरब ७७ करोड ८९ लाख १२ हजार बजेट विनियोजन गरेको छ , जसु अनुसार आर्थिक विकासमा ५.६९ प्रतिशत, सामाजिक विकासमा ५२.३८ प्रतिशत, पूर्वाधार विकासमा २५.५१ प्रतिशत, वातावरण तथा विपद् वस्थापनमा २.६२ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १३.८० प्रतिशत विनियोजन भएको छ ।
आगामी वर्ष चालुतर्फ ७५ करोड २ लाख , पूँजीगततर्फ जुन कुल बजेटको ४२.१७ प्रतिशत हुन आउँछ भने १ अरब २ करोड ८७ लाख १२ हजार खर्च हुने अनुमान प्रस्तुत गरिएको छ जुन कुल बजेटको ६७.८३ प्रतिशत हुन आउँछ ।कुल बजेट मध्ये संघ सरकारको सशर्त अनुदान रु. ५६ करोड १७ लाख , संघ सरकारको सामाजिक सुरक्षा अनुदान रु.२१ करोड, आन्तरिक श्रोतको आयबाट रु२० करोड ५० लाख ,संघ सरकारको वित्तीय समानिकरण अनुदान रु.१९ करोड ७६ लाख , संचित कोष अल्याबाट रु.१५ करोड ३७ लाख १२ हजार, संघ सरकारको राजश्व बाँडफाँडबाट रु. १२ करोड ९८ लाख ५१ हजार, राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु. १० करोड , नगर विकास कोष ऋणबाट रु।१० करोड , प्रदेश वित्तीय समानीकरण अनुदान रु. २ करोड ४४ लाख ७८ हजार आम्दानी हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु. १ करोड ७४ लाख ७५ हजार , गाउँ नगर साझेदारी कोषबाट रु. १ करोड ६५ लाख, संघ विशेष अनुदान रु. १ करोड ३७ लाख , प्रदेशको विशेष अनुदान रु. १ करोड प्रदेशको सशर्त अनुदान रु. १ करोड, प्रदेशको समपुरक अनुदान रु. १ करोड, संघ सरकारको सडक बोर्ड नेपालबाट रु. १ करोड , जनसहभागिता नगदबाट रु. ६० लाख, मूल्य श्रृंखला कार्यक्रम अनुदान रु. १५ लाख , संघ सरकारको गरिवसँग विश्वेश्वर कार्यक्रमबाट रु. ५ लाख ४६ हजार , संघ सरकारको रोयल्टी वापत प्राप्त अनुदान रु. ६ लाख र संघ सरकारको एल. जि. सिडि. पि. कार्यक्रमबाट रु. ३ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
व्यास नगरपालिकाले नगर क्षेत्र भित्रको करको आधार फराकिलो पार्दै आन्तरिक राजश्व वृद्धि गर्न कर तथा गैरकर राजश्वको अधिकतम परिचालन गर्ने , कर तथा गैरकर राजश्व सङ्कलनलाई प्रभावकारी बनाउन कानूनी तथा संस्थागत सुधार गरिने , सेवा शुल्क र दस्तुरका दर, व्यवसाय कर, सम्पत्ति कर एवं भूमि कर, घर नक्सा पास दस्तुर, खानीजन्य ढुंगा, गिटी, वालुवा, ग्राभेल, रोडा, स्लेट ढुंगा, खरी, चुनढुंगा, ब्लक, इट्टा, कटिङढुंगा, कवाडी सामान र काठ आदिमा लिइने दस्तुर यथावत राखीने जोशीले बताइन्। ।
त्यस्तै कृषि व्यवसायसँग सम्बन्धित पुशपंक्षी, माछा, फलफूल, तरकारी, दुध आदिमा स्थानीय उत्पादनमा लाग्ने कर नलिने निर्णयलाई निरन्तरता दिइ दुग्ध सहकारी मार्फत बिक्री हुने दुधमा प्रतिलिटर रु. १ र सहकारी मार्फत बिक्री हुने खसीबोकामा प्रति किलो रु. १० सम्बन्धित किसानलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?