लियो क्लब अफ तनहुँ द्वारा लागू औषध तथा ट्राफिक सचेतना कार्यक्रम

दमौली : लियो क्लव अफ तनहुँले  व्यास नगरपालिका -४ स्थित दमौली कलेजमा लागुऔषध तथा ट्राफिक सचेतना सञ्चालन गरेको छ ।

क्लवले ६५ औ लियो दिवसको अवसर पारेर प्रहरीसँगको सहकार्यमा सोमबार कलेजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरेको क्लवका अध्यक्ष महमद गफ्फार (सुदीप) ले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्ष मनबहादुर गुरुङले युवालाई लक्षित गरिएको यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । प्रहरी निरीक्षक भानु शर्माले लागुऔषध र ट्राफिक नियमा बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा १५० विद्यार्थीको सहभागितारहेको थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?