थापाले जन्मदिनको अवसरमा जेष्ठ नागरिक आश्रमलाई सहयोग

दमौली : तनहुँको व्यास नगरपालिका-५ पाटनमा राष्ट्रिय परोपकार महासंघ, नेपालद्वारा संचालित जेष्ठ नागरिक आश्रमलाई  एक समाजसेवी युवाले आफ्नो जन्मदिनको अवसरमा अनाथ आश्रमलाइ सहयोग गरेका छन् ।

व्यास नगरपालिका -१४ निवासी हाल हाल न्युजिल्यान्डमा बसोबास गर्ने दल बहादुर थापाले बुधवार आफ्नो जन्मदिन पारेर आश्रमलाई आफ्नो साथीभाई मार्फत सहयोग गरेका हुन् ।

उनले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

उनले आश्रम लागि लत्ताकपडा र फलफूल सहयोग गरेका हुन् । नेपाल तरुणदल व्यास १४ का सचिव एवं क्षेत्रिय प्रतिनिधि समेत रहेका थापाले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

उक्त कार्यक्रम व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठ, चण्डीदेवी राष्ट्रिय माविका सहायक प्रधानाध्यापक गोकुल थापा, वडा सदस्य हेमलाल  थापा , दमौली केशवटार समाजका उप-अध्यक्ष धन बहादुर थापा ,छाब्दी रासिभन्ज्यङ्ग टोल बिकास सस्थाका सचीव लेख बहादुर थापा तथा  इन्जिनियर भिम बहादुर  थापाको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?