दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलामा पुल भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।
सडक निर्माणको क्रममा पुल भाँसिन पुग्दा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध हुन पुगेको हो ।
पुल भाँसिदा राजमार्गका दुबै तर्फ सयौं सवारी साधनहरु रोकिन पुगेका छन् ।
तनहुँका प्रहरीका अनुसार राजमार्गमा यातायात सञ्चालनका लागि काम अगाडि बढिसकेको जनाएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?