४६ क्युफिट सालको काठ बरामद

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका-१० धारापानीबाट ४६ क्युफिट  अवैध सालको काठ बरामद भएको छ ।

शुक्लागण्डकीबाट भिमादतर्फ जॉदे गरेको ग १ त ५७७२ नम्बरको ट्याक्टरबाट ४६ क्युफिट सालको काठ बरामद गरेको  प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३२ को बासु कुमालले चलाइ लैजादै गरेको ट्रयाक्टरलाई नियन्त्रणमा लिई खानतलासी गर्दा नचिरेको डोलो सालको काठ ४६ क्युफिट फेला परेपछि उक्त काठ बरामद गरेको  प्रहरी नायब उपरिक्षक खड्काले बताए ।

सालको काठसहित नियन्त्रणमा लिएको ट्याक्टरलाई वन कार्यालय बुझाएको प्रहरीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?