दमौली : विवेकशील साझा पार्टीले आगामी माघको अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
तनहुँको बन्दीपुरमा शुक्रवार र शनिवार भएको भेलाले माघ २७ र २८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिमा रूपान्तरण समेत गरेको छ ।
विवेकशील साझा पार्टीको विधानको दफा २४ को उपदफा ६ र ७ बमोजिम महाधिवेशनको कार्य प्रक्रिया, कार्य तालिका, निर्वाचन प्रणाली सम्बन्धि व्यवस्था, नीति, निर्देशिका र कार्यविधि बनाई लागु गरिने निर्णय समेत गरेको छ ।
पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिवर्तन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई नि:शर्त महाधिवेशनमा समेट्ने जनाएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?