आँबुखैरेनीमा नि:शुल्क घर नक्शा सेवा सुरु

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रमबमोजिम नि:शुल्क घर नक्शा सेवा सुरु गरेको छ।गाउँपालिकाले मंगलवार देखि निःशुल्क नक्सा वितरण सुरु गरेको हो ।

मंगलबार वडा नं.३ निवासी मनमाया थापा र अनिता थापालाई घरको नि:शुल्क नक्सा हस्तान्तरण गरेर सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

नि:शुल्क नक्सा हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, लेखा अधिकृत नारायणप्रसाद ढकाललगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?