व्यास नगरपालिकाको ३८ औं नगर सभा पौष २८ गते हुने

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिका कार्यालयको ३८ औ नगरसभा पौष २८ गते बिहीबार हुने भएको छ । व्यास नगर कार्यपालिका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

प्रवक्ता गुरुङका अनुसार बैठकले व्यास नगरपालिका स्वास्थ्य विधेयक, २०७,व्यास नगरपालिका वन विधेयक,२०७९,व्यास नगरपालिका संघ संस्था दर्ता, नियमन विधेयक, २०७९,व्यास नगरपालिका शहरी योजना आयोग (गठन सञ्चालन) विधेयक, २०७,व्यास नगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक, २०७९ र व्यास नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७८(संशोधन)  प्रस्ताव पेश गर्ने निर्णय गरेको छ  ।

कार्यपालिका बैठकमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन सम्बन्धी मूल्याङ्कन प्रस्ताव पेश भई पारित गरेको छ ।

व्यास नगरपालिका र राष्ट्रिय आवास तथा वस्ती उत्थानशील समन्वयसंग व्यास नगरपालिकाको विपद्जन्य सूचना एवं प्रतिकार्य क्षमता अभिबृद्दिका लागि सहकार्य गर्न सम्झौता गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?