केन्द्रमा जे सुकै होस् मेरो समर्थन एमालेलाई हुन्छ : दीपक मनाङे

पोखरा : गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले एमालेलाई समर्थन गर्ने बताएका छन् ।

मनाङे मनाङ (ख०)बाट निर्विरोध निर्वाचित भएका एकमात्र प्रदेश सांसद समेत हुन् ।

चुनावको बेलामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन देखेका कारण उनी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

गण्डकीमा नेकपा एसका कोही सांसद नभएको बेलामा आफूलाई अवसर हुने ठानेर उनी माधव नेपालको पार्टी प्रवेश गरेका थिए ।

केन्द्रमा नेकपा एस सरकारमा जाने अथवा नजाने टुंगो छैन । तर, मनाङेले भने आज गण्डकीमा बन्ने नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?