महिला उद्यमी संघ तनहुँको दोस्रो साधारणसभा सम्पन्न

दमौली : महिला उद्यमी संघ नेपाल, तनहुँको दोस्रो साधारणसभा सम्पन्न भएको छ। सोमवार दमौलीमा आयोजित एक कार्यक्रमका बिच आफ्नो दोस्रो साधारणसभा सम्पन्न  गरेका हुन् ।

कार्यक्रमको उदघाटन गर्दै महिला उद्यमी महासंघ नेपालकी निरु रयामाझी खत्रीले तनहुँ जिल्लामा केन्द्रित उद्यमी व्यवसायी महिलालाई संगठनात्मक गराई उनीहरुको विकासमा गरेको प्रयास तनहुँ शाखाको सराहनीय रहेको वताईन । महिलाको उद्यमशीलता बिनाको मुलुकको आर्थिक परिकल्पना गर्न नसक्ने समेत जोड दिईन ।

महिला उद्यमी महासंघ नेपाल, गण्डकी प्रदेश संयोजक पार्वती पौडेल रेग्मीले महिलाहरु पनि उद्यमी क्षेत्रमा अगाडी नै हुनुपर्ने वताईन।

साधारण सभामा संस्थाको आ.व २०७८/७९ को प्रगती प्रतिवेदन र आव २०७९/८० को योजना तथा बजेट संस्थाकी कोषाध्यक्ष आशा बानियाँ ,वार्षिक प्रदिवेदन संस्थाकी महासचिव सरस्वती श्रेष्ठले प्रस्तुत गरेकी छिन्।

संस्थाकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मंगल प्रसाद श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ,वाणिज्य संघकी महिला उद्यमीविकास समितिका सभापति सकुन्तला आले ,तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति भुपाल आले लगायत उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?