दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले पृथ्वीनारायण शाहले गरेको योगदानलाई बिर्सिनु नहुने बताएका छन् ।
बुधबार व्यासनगरपालिका-३ खुल्ला मैदानमा ठकुरी समाज तनहुँ द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशीसँग लडेर आफ्नो भूमिको रक्षा गरेको भन्दै उनको योगदानलाई बिर्सिनु नहुने बताएका हुन् ।
“जसले टुक्राटुक्रामा विभाजन रहेको नेपाललाई एकिकरण गरेर आफ्नो देशको भूमिको रक्षा गर्यो” उने भने ” त्यसको योगदानलाई त कहिल्यै बिर्सिनु हुँदैन ।”
मुलुकमा जुनसुकै व्यवस्थाको शासन आएपनि शाहलाई नेशनल फादरका रुपमा सम्मान गर्नुपर्ने बताए । साथै सामाजिक, आर्थिक र राष्ट्रियताका सवालमा शाहले दिएका सन्देशलाई अनुशरण गर्न नसक्दा नै वर्तमान समस्या सृजना भएको बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?