दमौली : तनहुँको म्याग्दे गाँउपालिकालाई पुर्ण वालश्रममुक्त पालिका घोषणा गरिएको छ । मंगलवार म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिकालाई वालश्रममुक्त पालिका घोषणा गरिएको हो ।
एकीकृत हरित विकास नेपाल सँग सहकार्य गरेर हरेक वडामा कार्यतालिका वनाएर नै सम्पुर्ण वडालाई वालश्रम मुक्त वडा घोषणा गरेर पालिकालाई पुर्ण वालश्रम मुक्त पालिका घोषणा गरिएको हो ।
एकीकृत हरित विकास नेपालका कार्यक्रम अधिकृत सुदिप सेडाईले एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरिक्षणवाट पालिकालाई वालश्रम मुक्त अभियान घोषणा गरिएको वताए ।
घोषणाको ७ सुचक पालिका भरका ५३२९ घरधुरीमा संस्थाले वडाभरको टोल तथा क्षेत्रमा गएर वालवालिकाको अवस्थाको वारेमा अध्यनन तथा अनुसन्धान गरेर पालिकालाई पुर्ण वालश्रममृक्त अभियान घोषणा गरेको हो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालको सन्र्दभमा वालश्रम एउटा ठुलो चुनौती भएको वताए। सरकारले नै वालश्रम मुक्त घोषणा संवैधानिक व्यवस्थामा नै गरेता पनि यसको व्यवहारिक कार्यन्वयन नहुँदा अझै पनि देशमा अनाथ, असहाय, गरिवले पिल्सिएका वालवालिका अझै पनि वाँच्नका लागी पुर्ण रुपमा श्रममा निर्भर हुनु अत्यन्त दुखको विषय वताए ।
यो वा त्यो वाध्यतामा वालवालिकाले श्रममा आश्रित हुनु भनेको संवैधानिक हक विपरित भएको हुदाँ वालवालिकाको अधिकारमा राज्य र सम्वन्धित निकाय चनाखो हुनुपर्ने वताए । कलिलै उमेरमा हातमुख जोर्नका लागी विभिन्न श्रममा जोडिनु वाध्यता भएता पनि वालवालिकाको पढ्न, लेख्न, खेल्न पाउने नैसर्गिक अधिकारमा स्थानिय सरकार साधक वन्नुपर्ने समेत उनले वताए ।
यसैगरि कार्यक्रमका विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले अनाथ, असहाय र गरिवीको रेखामा रहेको वालवालिकाको अभिभावकत्व प्रदान गर्नु आम म्याग्देवासीको जिम्मेवारी भएको वताए । पालिका वालवालिकाको वृद्धि विकास, चेतनाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा प्रष्ट रहेको र अगामी दिनमा वालश्रममुक्त वालवालिकाको अवस्थामा ध्यान दिनुपर्ने वताए ।
यसैगरि कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले सवैको साथ र सहयोगले पालिकालाई वालश्रम मुक्त घोषणा गर्न सकिएको हुदाँ अगामी दिनमा पनि यसको कार्यन्वयनका लागी लाग्नुपर्ने वताए ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरि जिसी, कार्यक्रम अधिकृत सुदिप सेडाई, संस्थागत विद्यालयका प्रअ, सामुदायिक विद्यालयका प्रधानाध्यापक, वाल समुहका अध्यक्ष लगायत, नागरिक समाज, वुद्धिजीवि हरुले धारणा राखेका थिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?