दमौली : तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा फोटो ग्राफरको लागि फोटो पत्रकारिता सम्बन्धि दुईदिने तालिम शनिबार सम्पन्न भएको छ । फोटो ग्राफर संघ गण्डकी प्रवद्धक र फोटो ग्राफर एशोसियन तनहुँको आयोजनामा तालिम प्रदान गरिएको हो ।
फोटोग्राफी पेशालाई व्यवसायिक र आयमुलक बनाई दक्षता अभिवृद्धि गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको एशोसियनले जनाएको छ । सो कार्यक्रममा नेचरल एण्ड वाइड लाईफका फोटो ग्राफर टासी आर घले व्यवसायिक फोटोग्राफीबाट पनि मनग्गे आम्दानी गर्न सकिने बताए ।
गण्डकी फोटो ग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले हजार शब्दले वर्णन गर्न नसकेको कुरा एउटा फोटोले वर्णन गर्ने भएकोले फोटोग्राफी पेशालाई स्तरीय बनानु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा फोटोग्राफी संघ गण्डकीका तालिम संयोजक घनश्याम पौडले, फोटो ग्राफर एशोसियन लमजुङका अध्यक्ष मिलन शर्मा दनाई, तनहुँका वरिष्ठ फोटोग्राफर कुमारमोहन श्रेष्ठ, कार्यक्रममा फोटो ग्राफर संघ गण्डकीका उपाध्यक्ष नारायण केसी, सचिव तुलसीराम सुवेदी,मनाङका जिल्ला अध्यक्ष नविन लामिछाने, प्रदेश पार्सद शंकरराज नहर्की, निर्वतमान अध्यक्ष बलभद्र श्रेष्ठ लगायत फोटोग्राफी र पत्रकारिता एक अर्काका परिपुरक भएकोले फोटोग्राफरहरु पनि पत्रकार नै रहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा फोटोग्राफर टासी घलेलाई सम्मान गरिएको थियो । घलेलाई दोस्रो दिनका प्रमुख अतिथि तनहुँका फोटो ग्राफर संघका सस्थापक तथा अग्रज फोटोग्राफर बालकृष्ण श्रेष्ठले सम्मान गरेका थिए ।
कार्यक्रम फोटो ग्राफर एशोसियन तनहुँका अध्यक्ष आलोक कुमालको अध्यक्षतामा भएको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?