शाही परिवारद्धारा बुवा-आमाको स्मृतिमा भक्तजनलाई निशुल्क चियापान

दमौली : तनहुँको व्यास नगरपालिका -२ दमौली  घर भई हाल बेलायत निवासी समाजसेवी एवं युवा अभियन्ता रजनजंग शाही र उनको परिवारले स्व. बुवा चन्द्र बहादुर शाही र स्व. आमा छविन्द्र कुमारी शाहीको स्मृतिमा निःशुल्क चिया तथा पिउने पानी वितरण गरेको छ  ।

माघे सङ्क्रान्तिको अवसरमा आइतवार पवित्र तीर्थस्थल व्यास नगरपालिका-३ मादी र सेतीको संगमस्थालमा आउने भक्तजन निशुल्क चिया, पानी, बिस्कुट वितिरण गरिएको हो ।

वितरण गर्दै समाजसेवी एवं युवा अभियन्ता रजनजंगले भने “बुवा-आमाले पहिले देखि सामाजिक काम गर्दै आउनु थियो , उहाँहरुको स्मृतिमा आज हाम्रो परिवार निशुल्क चिया पानी व्यवस्था गरेको हो “।

चिया पानी वितरणको लागि दमौलीयन्स युथ क्लबले सहयोग गरेका थिए  । यसका साथै समाजसेवी एवं युवा अभियन्ता रजनजंगले आँबुखैरेनी-३ निवासी ५१ वर्षीया मिना कुमारी थापाको उपचारका लागि सहयोग समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?