म्याग्देमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दमौली : तनहुँको म्याग्देमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराको साथ म्याग्दे गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

म्याग्दे गाँउपालिका भित्रका माध्यामिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिवल, कवड्डी, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड र १५०० मिटर दौड हुनेछ भने रिले दौड १०० र २०० मिटरको, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, छेलो हान्ने र भाला फाल्ने खेल संचालन हुने पालिकाले जनाएको छ ।

पालिका भित्रको जनगणपति मावि, मिन मावि, गणेश मावि, राधा मावि, रत्न मावि र महेन्द्र माविको विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगद सहित शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेलाई १५ हजार सहित शिल्ड र प्रमाणपत्र र तृतिय हुनेलाई १० हजार नगद सहित शिल्ड र प्रमाणपत्र दिईने पालिकाले जनाएको छ ।

प्रतियोगिता माघ ५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?