दमौली : पतञ्जली योग समिति तनहुँले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ‘२१ युनिट’ संकलन भएको छ ।
व्यास नगरपालिका-३ प्रशासनमा नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा आज (शुक्रबार) सम्पन्न रक्तदान कार्यक्रमबाट २१ युनिट रक्त संकलन भएको हो ।
आठौं राष्ट्रिय योग दिवसको अवसरमा स्थानीयको सक्रियतामा भएको रक्तदानमा २१ जनाले रगत दान गरेको कार्यक्रम संयोजक एवं पतञ्जली योग समिति तनहुँका महामन्त्री अर्जुन श्रेष्ठले बताए ।
नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा. डा. कृष्ण प्रसाद गौतमले ब्लड ब्याक हस्तान्तरण गर्दै उनले अहिले विभिन्न प्रकारका विरामी बढेर रगतको अभाव भएको वेला पतञ्जलीको गरेको कार्य प्रसंशनीय रहेको बताए ।
उक्त कार्यक्रममा पतञ्जली योग समिति तनहुँका अध्यक्ष मान बहादुर आले नेपाली कांग्रेस व्यास नगर समितिका सभापति सुर्यचन्द्र हड्खले, लगायत पदाधिकारीहरुको उपस्थित रहेको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?