अनेरास्ववियु तनहुँकाे अध्यक्षमा महेन्द्र

दमौली : नेकपा एमाले निकट अनेरास्ववियु तनहुँको अध्यक्षमा महेन्द्र श्रेष्ठ चयन भएका छन् ।  जिल्ला २२ औअविधेशनले महेन्द्र श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा निशा श्रेष्ठले, सचिवमा मनोज बानियाँ, सह सचिवमा अमृत थापा चयन भएका छन् ।

शुक्लागण्डकी–५, बेलचौतारामा भएको अधिवेशनको उद्घाटन गर्दै अनेरास्ववीयु केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज सचिव सुजन भट्टराईले विद्यार्थी हकहितकालागि सशक्त ढंगले अघि बढ्न आग्रह गरे ।

अनेरास्ववीयु तनहुँका संयोजक नविन वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य रामचन्द्र उपाध्याय, विष्णुभक्त सिग्देल, अनेरास्ववीयु नेता खेम मरासीनी, नेकपा एमाले तनहुँका उपसचिव खिम बहादुर कुमाल, अनेरास्ववीयु गण्डकीका सह इन्चार्ज रिता ढकाल, प्रदेश संयोजक प्रकाश पौडेल, सह–संयोजक आरके पोख्रेल, नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्तिनाथ तिम्सेना लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?