प्रधानध्यापकलाई कारबाहीको माग गर्दै अनेरास्ववियू क्रान्तिकारीले बुझायो ज्ञापन पत्र

दमौली : सत्तारुढ दल नेकपा माओवादी केन्द्र  निकट अखिल (क्रान्तिकारी)ले घिरिङ गाउँपालिका–३, सुन्धारा स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० कि छात्रा रमिला आलेलाई घाइते बनाउने प्रधानध्यापकलाई कारबाहीको माग गरेको छ ।

मंगलवार शिक्षा विकास समन्वय इकाईका प्रमुख वसन्तराज पौडेललाई ज्ञापन पत्र बुझाउदै विद्यार्थीलाई घाइते बनाउने प्रधानध्यापकलाई कारबाहीको माग गरेको हुन् ।

विद्यालयका प्रेमबहादुर थापाले अध्यपनको क्रममा लौरोले पिट्दा सख्त घाईते घटना प्रति आपत्ती जनाउदै अनेरास्ववियु क्रान्तिकारी तनहुँले घटनाको भर्त्सना गरेको छ ।

‘शान्तिपुर्ण बालमैत्री वातावरणमा अध्यापन गराउनु पर्ने नेपालको संविधान र विद्यार्थीको अधिकार विपरित उल्टै प्रधानाध्यापक जस्तो निर्णायक भूमिकामा रहेर पनि यस किसिमको गतिविधी विद्यार्थी समक्ष देखाउनु विडम्बनाको विषय उल्लेख गर्दै घाइतेको उपचारको खर्च भरण सहित दोषी उपर कडा कारवाही सम्बन्धित निकायमा अविलम्बको माग’, जिल्ला इन्चार्ज मिलन महतले बुझाएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?