चुमानले पाए भौतिक पूर्वाधार तथा यातायातय मन्त्रालय

दमौली :  तनहुँ क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ वाट निर्वाचित प्रदेश सदस्य हरि बहादुर चुमानले गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएको छ ।

केहि दिन अघि बिनाविभागीय मन्त्रीमा नियुक्त भएका चुमानले मंगलबारबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी पाएको हो ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता समेत रहेका चुमान यस अघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?