नेपाल नाई संघ तनहुँको अध्यक्षमा मोविन आलम

दमौली : नेपाली कांग्रेस निकट नाईहरुको शुभेच्छुक संगठन नेपाल नाई मजदुर संघ तनहुँको अध्यक्षमा महमद मोविन आलम चयन भएका छन् ।

शनिवार सम्पन्न ७ औं  अधिवेशनबाट आलमको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा राज महमद मियाँ , सचिवमा अरज ठाकुर ,सहसचिवमा मो .ओजीर कोषाध्यक्षमा मो. इन्द्रिस चयन भएका छन् ।

सदस्यहरुमा मो. रियाय, मो.इनुस चयन भएका छन् ।

यस्तै सल्लाहकारमा सत्रोहन ठाकुर र नसिव मियाँ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?