तनहुँमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १२ गते देखि

दमौली : तनहुँमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १२ गते  देखि हुने  भएको  छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि फागुन १२ गते  देखि भादगाउँमा हुने भएको हो  ।

प्रतियोगिता व्यास नगरपालिका-१ भादगाउँ स्थित निर्मल माविको खेलमैदानमा हुने जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

समितिले जिल्ला भित्रका बसै बिद्यालयहरुलाई पत्राचार गरी सकेको अध्यक्ष पाण्डेले बताए । रनिङशिल्डमा भलिबल, कँराते, एथलेटिक्समा विद्यार्थीबीच प्रतिस्पर्धा गराइनेछ ।

जिल्लास्तरीय रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीले फागुन २१ , २२ र २३ गते हुने प्रदेशस्तरीय रनिङशिल्डमा भाग लिन पाउने अध्यक्ष पाण्डेले बताए ।

प्रतियोगितामा जिल्लाका १० वाटै पालिकाबाट विभिन्न विधाका ६ सय ५० जना  खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।प्रतियोगिता १२ र १४ गते सञ्चालन हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?