दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरा खस्दापूर्ण रुपमा अवरुद्ध भएको छ ।
सडकभन्दा एक सय मिटर माथिबाट सुख्खा पहिरा खसेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
“साँझ ६ बजेदेखि अवरुद्ध भएको थियो , राजमार्ग खुलाउनका लागि चिनियाँ कम्पनी, स्थानीय पालिका तथा अन्य मानिसको समेत सहकार्यमा पहिरा पन्छाउने काम भइरहेको छ ।” ” प्रहरी नायब उपरिक्षक खाँणले भने ।
तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक बाटो दमौली भोर्लेटारचोकबाट कलेस्ती हुँदै पोल्याङका लागि डाइभर्सन गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
पहिरास्थलमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्री समेतको विपद् व्यवस्थापन प्रहरी टोली, इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी परिचालन गरिएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?