राप्रपाका व्यास नगर सचिवमा दिनेश लामिछाने

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) व्यास नगरपालिकाको सचिव दिनेश लामिछाने चयन भएका छन् ।

व्यास नगर कमिटीमा रिक्त रहेको सचिव पदमा व्यास-५ पाटन निवासी लामिछाने चयन भएका हुन् ।

पार्टीका व्यास नगर समितिले बिहीबार दमौलीमा आयोजना गर्ने नगरस्तरीय प्रशिक्षण कार्यक्रममा लामिछानेलाई सचिवको जिम्मेवारी दिएको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?