आदिकवि –छाब्दी बाराही मिनि म्याराथनको उपाधि सुजनलाई

दमौली : आदिकवि –छाब्दी बाराही मिनि म्याराथन २०८० को उपाधि साजन थापाले हात पारेका छन् । आदिकवि भानुभक्त क्याम्पस एवं छाव्दी बाराही विकास कोषको आयोजनामा मंगलवार भएको मिनि म्याराथनमा निर्धारित ६ किलोमिटर दुरी २१ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा प्रथम बनेका हुन् ।

आदिकवि भानुभक्त क्याम्पसको खेल सप्ताहको अवसरमा “स्वास्थ्यदेखी आस्थासम्म क्याम्पसदेखी मन्दिरसम्म” भन्ने नाराका साथ आयोजित उक्त प्रतियोगितामा अमृत विक द्वितीय र नरबहादुर गुरुङ तृतीय भएका थिए ।

द्धितीय विकले निर्धारित दुरी २२ मिनेट ३५ सेकेण्डमा पार गरे भने तृतीय गुरुङले २४ मिनेट ६ सेकेण्डमा पार गरेको थिए । उक्त प्रतियोगितामा सहआयोजक बाराही रजवाम युवा क्लव रहेको थियो । उक्त म्याराथन प्रतियोगितामा २६ शैक्षिक संस्थाका छात्र र छात्रा गरी २ सय जना धावक सहभागीता रहेको आदिकवि भानुभक्त क्याम्पसले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । म्याराथनमा सहभागी बालधावक कृतिक घर्तिलाई समेत सम्मान गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

सो प्रतियोगिताको गन्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उद्घाटन गरेका थिए । उनले अध्ययन संगै अतिरिक्त क्रियाकलापलाई पनि समय संगै अगाडी बढाउनुपर्ने बताए । पढाई संगै खेलकुद क्षेत्रमा समेत क्याम्पसले गरेको काम प्रसंशनिय रहेको मन्त्री आलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?