दमौली, जेठ १५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिको प्रथम अधिवेशनबाट चुडामणि दाहाल सभापतिमा निर्वाचित भएका छन्।
नेतृत्व चयनका लागि सहमतिको प्रयास सफल नभएपछि भएको मतदानमा दाहालले स्पष्ट मतान्तरसहित विजय हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार दाहालले १४२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी सूर्यचन्द्र लम्सालले २४ मत तथा सुशील पौडेलले २७ मत प्राप्त गरेका थिए।
उपसभापति पदमा नागेन्द्र ढुङ्गाना १३६ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी गोविन्द श्रेष्ठले ५८ मत प्राप्त गरेका थिए। त्यसैगरी, महाधिवेशन प्रतिनिधिमा सूर्यभक्त अधिकारी र राजु दाहाल क्रमशः १२५ र ११३ मतसहित विजयी भएका छन्। सचिव पदमा भने भाग्यशाली ढुङ्गाना सर्वसम्मत रूपमा चयन भएका छन्।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?