राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङ्ग बसेको होटललाई ३ लाख जरिवाना गरिएको छ ।
गृहमन्त्री गुरुङले मंगलबार बिहान ब्रेकफास्ट खादा अम्लेटमा माछाको काँडा भेटिएपछि भरतपुर विमानस्थलअगाडिको लर्ड बिजिनेस कम्प्लेक्स होटललाई जिल्ला प्रशासन कार्यलयले ३ लाख जरीवाना गरेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले होटलमा खानको गुणस्तर राम्रो नभएको गुणस्तरहीन खाने तेल प्रयोग गरेको, उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरि खानेकुरा उपलब्ध गरिआएको उल्लेख गरेको छ ।
बिहान गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा माछाको काँडा भेटिएपछि तत्काल प्रहरीले होटलका किचनमा कार्यरत दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारीले होटलको अनुगमन गरेर बरामद गरेका खाद्य सामग्री नष्ट गर्ने निर्णय भएको कार्यालयले जनाएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?