काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आगामी ३ दिन सम्म प्रमुख नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ भने आज दोलखा, नुवाकोट, धादिङ,गोरखा, लमजुङ,दैलेख र कालिकोट भइ बहने केही स–साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?