देशका तीन शीर्ष ठूला दलहरू कांग्रेसका,एमाले र माओवादी यी ठूला दलहरूका शीर्ष नेताहरु पटकपटक प्रधानमन्त्री मन्त्री बने तर ‘देश चलाउन जिताएका नेताहरूले बदमासी गरिराख्ने । अनि देश हाँक्न हामीले किन दलका नेतालाई जिताइराख्नुपर्ने ?’ अयोग्यता देखाउने ठूला दलका ठूला नेता हराउने अभियान एक दशकपछि त्यो अभियान अहिले नयाँ स्वरूपमा सुरु भएकोछ।
समाजमा उत्रो राजनीतिक वजन बनाइनसकेका युवाहरू पनि यस हराउ अभियानमा सक्रिय देखिएका छन्। अहिले टेलिभिजन वा युटुवमा अन्तरबार्ता पनि खुलेर उनीहरुले दलका अध्यक्षहरु होइन, यसअघि प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, केपी ओली, झलनाथ खनाल र बाबुराम भट्टराईको तस्बिर फेसबुक ट्वीटरमा राख्दै लेखेका छन् :‘अहिलेसम्म जेजति गर्नुभयो, धन्यवाद अब पुग्यो।’ तस्बिरमुनि थप लेखेका छन्, ‘अब पालो अरु कसैको ।निर्वाचन ०७९ मा ससम्मान बिदाबारी।’
नेपालमा दलतन्त्रको गाँठो यसरी कसिएको छ, त्यसका सामू लोकतन्त्र पनि सायद डराउँछ । कतिपयको अनुमानमा अस्तिको स्थानीय चुनावमा काठमाडौं मेयरमा बालेन जिताउन लाग्ने समूह नै यस अभियानमा सामेल भन्ने तर्क राख्छन। राजनीतिक संगठन होइन, असंगठित सन्जाल नै हाबी भइरहेको ह्वाट्सअप–इन्स्टा पुस्ताका अघिल्तिर कुनै कार्यकर्ताले आफू ३० वर्षअघि पार्टी सदस्य भएको रसिद सप्रमाण पेश गरे पनि व्यर्थ सावित हुन सक्ने खतरा छ। हतार–हतारमा कुदिरहेको, अनि आफ्नै कल्पनाको गति बराबर दौडन सक्ने चामत्कारिक हिरो खोजिरहेको अधैर्य समाजमा कहिले रवि लामिछानेदेखि सगर ढकाललाई यो राष्ट्रव्यापी हावाले हल्का स्पर्श गरेकै छ। यो हावा लोकप्रिय पनि सुनिन थालेको छ। अनि यसका पछाडि केही केही सशक्त तर्कहरु पनि मौजुदा नै छन् । त्यसैले यो लहर जति सतहमा उठेजस्तो देखिन्छ, त्यति वजनहीन पनि छैन । खैर, यो पूर्वप्रधानमन्त्री हराउ अभियान चलाउनेहरुमाब नयाँ पुस्ता त्यसमाथि यो पुस्ता असंगठित नै रहेको छ।यस्तोमा पूर्वप्रधानमन्त्री हराउ अभियान कसरी अघि बढ्ला भन्ने अहिले नै भनिहाल्ने अवस्था छैन।
यसै पनि आम चुनावको तिथि तोकिइसकेको छैन । अरु दलका नेताहरूमध्ये कतिलाई आफ्नो चुनाव क्षेत्र जोगाउन ‘समाजवादी केन्द्र’ चाहिएको छ । कतिलाई गठबन्धन चाहिएको छ।कतिलाई चाहिँ दुईदलीय प्रणालीको वकालत। यस अर्थमा केही युवाहरूले थालेको, अनि सोसल मिडियामा भाइरल हुँदै गरेको पूर्वप्रधानमन्त्री हराउ अपिल कत्तिको कामयाब होला भन्नेमा स्पष्ट हुन हामीसँग समय बाँकी नै छ। हामीले देशमा यस्तो किसिमको शासकीय–प्रशासकीय संरचना खडा गरेका छौं, जसलाई हाँक्न गगन थापा, या बालेन, रवि, हर्क जोकोहीलाई सिंहदरबार पठाइदिने हो भने पनि उसले बीसको उन्नाइस या बीसको सोह्र सत्रमात्रै फरक पार्न सक्छ । किनभने बीसको दस फरक पार्न सक्ने संरचना बनाउन यसअघि मेहनत गरिएको छैन ।
स्थानीय चुनावमा गैरदलीय उम्मेदवारीको जुन अर्थ हुन्थ्यो, संसदीय चुनावमा त्यसको खासै अर्थ हुनेछैन । दलका कमसल नेताहरूको विकल्प दलहरुभित्रैबाट खोजिनुपर्छ । फेसबुकमा पूर्वप्रधानमन्त्री हराउ अभियान भाइरल गराइरहेका मित्रहरुले यत्ति कुरो बुझे भने नयाँ पुस्ताको राजनीतिक चेतना अझै बलियो भएछ भनी विश्वास गर्न सकिनेछ ।
देशमा अहिले जुन अनैतिकता र जवाफदेहीविहीनताले प्रश्रय पाइरहेको छ। तब भन्न मन लाग्छ, राजनीतिमा संस्कार पक्कै ठूलो कुरो हो ।तर फेरि पनि बुझ्नुपर्ने के छ भने त्योभन्दा ठूलो कुरो संरचनात्मक अलमल हो । नयाँ संविधान जारी भइसक्दा पनि यो संरचनात्मक अलमल सकिएको छैन भन्ने स्वीकारोक्तिले हामीलाई आगामी लोकतान्त्रिक यात्राको दिशानिर्देश गराउने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?