बाबुराम र बामदेवलाई चुनाब चिन्ह् हसिया हथौडा दिने माओवादीको निर्णय

काठमाण्डौ : नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमको पार्टीका उम्मेदवारलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ ।
बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानका उम्मेदवारहरुलाई हसिया हथौडा चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । गौतम र भट्टराईले माओवादीसँग केही शर्तहरु पनि राखेको र त्यसबारेमा छलफल हुने महराले बताए ।

“राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो । त्यसको स्वागत गर्छौ । उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौँ । ” महराले भने ।

नेपाल समाजवदी पार्टी (नेसपा)गठन गरेका भट्टराई केहि समय यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संवादमा थिए । यस्तै नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका गौतम पनि चुनावका बिषयमा माओवादी केन्द्रसँग सहकार्य गर्न पुगेका हुन् । गौतम र भट्टराईले माओवादीसँग केही शर्तहरु पनि राखेको र त्यसबारेमा छलफल हुने महराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?