दमौली : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास र पराशरलाई धार्मीक क्षेत्रको रुपमा विकास गनुृपर्ने बताएका छन् । कृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषले शुक्रबार पन्चमन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेता पौडेलले उक्त कुरा बताएका हुन् ।
‘नेता पौडेलले धार्मीक पर्यटन बोकेका महत्वपुर्ण क्षेत्रको विकास गर्न सके टेवा पुग्छ । यसको लगि सबैले सहयोग गनुृपर्छ । पर्यटकीय क्षेत्र बोकेका महत्वपुर्ण ठाउँको पहिचान बुझेर यसको विकासमा लाग्नुपर्छ,’ उनले भने ।
विश्वभरका पर्यटकलाई धार्मीक एवम् पर्यटकीइ क्षेत्रमा ल्याउन सके यस क्षेत्रको विकासमा समेत सहयोग पुग्ने नेता पौडेलको भनाइ छ ।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे बिक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले वृक्षारोपण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?