काठमाडौं : मंगलबार सेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १.८५ अंक (०.०९ प्रतिशत) ले वृद्धि भएर २०५४.९८ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने झनै ओरालो लागेको छ । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोडको कारोबार भएको थियो । तर, मंगलबार भने कारोबार रकम झनै घटेको छ ।
नेप्सेमा मंगलबार ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाख ९० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख ९८ हजारको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?