दमौली : तनहुँको दमौलीमा आजदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । व्यास-३ स्थित विपी वनबाटिका खेल मैदानमा भइरहेको उदघाटन खेलमा कन्काई ग्लोबल एकेडेमी र व्यास युवा समाज, व्यास- ३ बिच भिड्न्त हुदैछ ।
व्यास नगरपालिका-४ स्थित सितलचोक युवा क्लवको आयोजनामा सर्वाधिक राशी पुरस्कार रहेको छ । प्रतियोगितामा विजेता टिमले २ लाख २ हजार २ सय २२ र उपबिजेता हुनेले १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक राजेश मल्लले जानकारी दिए ।
प्रतियोगितामा ४२ टिमको सहभागिता रहेको जनाएको छ। खेल आज देखि १४ गतेसम्म संचालन हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?