दमाैली : नेपाली कांग्रेस तनहुँले सञ्चालन गर्न लागेको जनताको साथमा कांग्रेस अभियानमा दशवटै पालिकामा प्रतिनिधि खटाएको छ । बिहीबार बसेको जिल्ला समितिको बैठकले दशवटै पालिकामा कार्य सम्पन्न गर्नका लागि प्रतिनिधि खटाएको हो ।
व्यास नगरपालिकाको लागि प्रा.डा. कृष्ण गौतम, भानु नगरपालिकाको लागि देवकुमार श्रेष्ठ, भिमाद नगरपालिकाको लागि किसान गुरुङ, शुक्लागण्डकी नगरपालिकाको लागि मिलन आले, बन्दीपुर गाउँपालिकाको लागि सहदेव अधिकारी, देवघाट गाउँपालिकाको लागि सरिता गुरुङ, आँबुखैरेनी गाउँपालिकाको लागि चिनु पोख्रेल, ऋषिङ गाउँपालिकाको लागि हरि वाग्ले, म्याग्दे गाउँपालिकाको लागि श्रीराम सुवेदी र घिरिङ गाउँपालिकाको लागि रामकृष्ण विकलाई खटाइएको तनहुँ काँग्रेसले जनाएको छ ।
१८ गते ८५ वडा समितिमा अभियान संचालन गरिने समेत बैठक र १९,२०,२१ र २२ ४ दिन वडाको टोल स्तरीय अभियान गरिने निर्णय गरिएको जिल्ला सचिव लक्ष्मिभक्त खनालले जानकारी दिए। बैठकले नेपाली कांग्रेस तनहुँको भातृ तथा सुबेक्षुक सस्था गठन तथा पुनर्गठन गर्ने र सोको लागि जिल्ला समितिले आफ्नो कार्य अगाडि बढाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?