तेस्रो व्यास युवा कप सुरु ,उदघाटन खेलमा बाराही र भुन्ङ्ग्रे भिड्दै

दमौली : तनहुँको दमौलीमा आजदेखि तेस्रो व्यास युवा कप फुटबल  प्रतियोगिता सुरु भएको छ । व्यास-३ स्थित विपी वनबाटिका खेल मैदानमा भइरहेको उदघाटन खेलमा बाराही आवासीय मा.वि र भुन्ङ्ग्रे फुटवल क्लब बिच  भिड्न्त हुदैछ  ।

व्यास नगरपालिका–४ स्थित व्यास  युवा क्लवले  ९ ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको हो  ।

प्रतियोगितामा विजेताले नगद एक लाख ११ हजार  एक सय ११ र उपविजेताले ५५ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पाँच सय, उत्कृष्ट गोलरक्षकलाई रु  पाँच हजार पाँच सय र सर्वाधिक गोलकर्तालाई रु पाँच  हजार पाँच सय पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष मिन बहादुर गुरुङले जानकारी दिए।

प्रतियोगितामा ३५ टिमको सहभागिता रहेको जनाएको छ।

खेल आज देखि १० गतेसम्म संचालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?