दमौली : तनहुँको दमौलीमा प्रथम रोटर्याक्ट कप फुटबल प्रतियोगिता भोलि देखि हुने भएको छ रोटर्याक्ट क्लब अफ दमौलीले ९ ए साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
व्यास –३ स्थित विपी वनवाटिका खेलमैदानमा असोज १२ र १३ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा क्लबका खेल संयोजक उमेश पौडेललेले जानकारी दिए।
प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमलाई क्रमशः बोका र टर्की पुरस्कार राखिएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए ।
दसैं तिहारको अबससरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबलमा टिम नेपो र लियो क्लब अफ म्याग्दे, रोटरी दमौली र पत्रकार, लियो क्लव तनहुँ र म्यानेजर टिम, लायन्स क्लब तनहुँ भानुभक्त र जेसिआइ व्यासनगर, एलायन्स क्लब अफ दमौली र रोट्र्याक्ट क्लब दमौलीबीच हुनेछ भने डाक्टर टिम बाइ परेको अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगिता बिहान ७ .३० बजेवाट हुने भएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?