तनहुँमा इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

दमौली :  निर्वाचनको मिति नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजत प्राप्त हातहतियारहरु नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले  शुक्रवार सूचना जारी गरी आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन सूचना जारी गरेको बताए।
उनले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु मिति २०७९ कत्तिका ४  गतेभित्र नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरेको हो ।

 

उक्त हातहतियार निर्वाचन पश्चात सम्बन्धीत धनीलाई फिर्ता गरिने समेत प्रजिअ अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?