पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्णपदक जितेको छ । फेन्सिङमा शिक्षा नापितले स्वर्ण जितेसँगै बागमतीले खाता खोलेको हो ।
व्यक्तिगत सेबरतर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै नापितले स्वर्णपदक जितेको हो । नापित पोखरामा स्वर्णपदक जित्ने पहिलो खेलाडीसमेत भएको छ ।
नेपाल आर्मीका रविना थापा र आर्मीकै मनीषा तेस्रो स्थान रहँदै कांस्यपदक पायो ।
प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्नेछन् ।
प्रतियोगितामा दुई विभागीयसहित ६ टिमको सहभागिता रहेको छ ।
जसमा नेपाली आर्मी, सशस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।
फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले सोमबार नै उद्घाटन गरेको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?