पोखरा : पोखरामा आज बिहान प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १० अस्पताल चोक बस्ने २६ वर्षीय निशिम थापा रहेका छन् । उनी त्रिभुवन आर्मी क्लवका खेलाडी हुन् ।
पोखरामा जारी नवौं खेलकूद प्रतियोगिताअन्तर्गत क्रसकन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा आकाशमा उडेको पाँच मिनेटमै सराङकोटस्थित १०० मिटर तल जमीनमा खसेर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार उनी सोझै पोखरा-१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुगेका थिए । त्यहाँ नै उनको निधन भएको होे ।
कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीका अनुसार ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ बिहान ११ः३० बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याएको र चिकित्सकले मृत घोषणा गरेको डिएसपी तिवारीले बताए ।
थापा प्याराग्लाइडिङ खेलाडीको छाता संस्था (एफएआइ) का कम्पिटिसन वरियता प्राप्त खेलाडीसमेत हुन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?