काठमाडौं : नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनतर्फ नेपाल पुलिसकी विद्या राईले स्न्याचमा राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण जितेकी छिन् ।
८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार वहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार वहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए ।
शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार वहन गरिन् भने गण्डकीलाई कांस्य दिलाउन सिञ्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाइन् ।
एपीएफलाई पहिलो स्वर्ण
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो स्वर्ण पदक जितेको छ ।
पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा एपीएफकी निशा बलालले स्वर्ण पदक जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार वहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।
विभागीय टिमहरु नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब चम्किंदा एपीएफ मंगलबारसम्म ३ रजत र २ कांस्यमा सीमित थियो ।
बुधबार उसले स्वर्ण जित्दै पदक तालिकामा कुल पदक संख्या ६ बनाएको छ ।
प्रतियोगितामा नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् ।
अनलाइन खबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?