दमौली : गण्डकी प्रदेशले बुधबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘थ्री अन थ्री’ महिला बास्केटबलमा कास्यपदक जित्न सफल भएको छ । तनहुँको दमौलीमा सम्पन्न खेलमा गण्कडीले वाग्मती प्रदेशलाई ९–७ अंकको स्कोरमा हराउँदै कास्यपदक जितेको हो ।
मंगलबार सम्पन्न सेमिफाइनलमा गण्डकी प्रदेश आर्मीसँग तथा वाग्मती प्रदेश सशस्त्र प्रहरी बल (एपीएफ)सँग पराजित भएको थियो ।
आजै सम्पन्न फुल कोर्ट महिला बास्केटबलमा पनि गण्डकी प्रदेशले कास्यपदक जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?