गठबन्धनमा शंका पैदा गर्ने काम नगरौं : सभापति देउवा

 पोखरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

पाँचदलीय गठबन्धनले शुक्रबार पोखरामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए ।

उनले भने : ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उनले भने, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’

गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने उनले बताए । हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला ।

तस्बिर :फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?